काभ्रेपलाञ्चोक । काभ्रेकाे बेथानचाेक गाउँपालिका वडा नं ३ स्थित एक घरमा आगलागी भएको छ । बलराम बजगाईकाे घरमा आगलागी भएको हो ।
राति १२ बजेबाट सुरूभएकाे आगाे धुलीखेल नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३ घन्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागि बाट घरमा रहेको गरगहना अन्नपात लुगाफाटा सबै जलेर नस्ट भएकाे र मानविय क्षति भने नभएको स्थानियबासिले जनाएका छन । तर आगलागि के कारणले भएको खुल्न सकेको छैन ।
आगलागी बाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको बेथानचाेक प्रहरी प्रमुख हित बहादुर कटुवालले जनकारी दिए । स्राेत :- राजेश तिमल्सिना फ्नटास्टिक व्राे