रुकुमपश्चिममा आगलागीमा परी एक महिलाको मृत्यु

उज्यालो प्रतिनिधि ३ जेष्ठ २०७७, शनिबार समाचार

रुकुम । रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले देवकोटाको अन्य सदस्य भने सामान्य रहेको बताइएको छ । आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैबीच जिल्लाको बाँफिकोट गाउँपालिका–९ तार्सिबाङमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतावस्थामा फेला परेका व्यक्ति सोही वडाको झूला निवासी ४६ वर्षीय सार्की गिरी रहेका छन् ।

जेठ १ गते दिउँसो आफन्तको घरमा गहुँ किन्न निस्केका गिरी साँझसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा तार्सीबाङ मनघर भन्ने स्थानमा शुक्रबार बेलुकी मृतावस्थामा उनको शव फेला परेको हो । मृतक गिरीको मुचुल्का कार्य सम्पन्न गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।रासस

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार