कोरोना : विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार पार, ६२ लाख ६२ हजार बढी संक्रमित
काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभीड-१९ ) का कारण संसारभर ६२ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६२ हजार ७७० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ३ हजार १८२ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ६८८ पुगेको छ । ३० लाख ४२ हजार ४१० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०९ जनाको अवस्था गम्भीर छ भने २८ लाख ४६ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् । थप पढ्नुहोस् ...












