पेरिसमा टाउको काटेर शिक्षकको हत्या, प्रहरीले आक्रमणकारीलाई गोली हानी मारियो
एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ । स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजेतिर आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । आक्रमणकारी भागेपछि मात्रै स्थानीय प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन। फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए । पैगम्बर मोहम्मदको कार्टुन थियो । त्यसपछि यसै महिनाको सुरुवातमा केही मुसलमान अभिभावकले शिक्षकका बारेमा उजुरी गरेका थिए। फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेंकरले ट्वीट गर्दै शिक्षकमाथिको आक्रमण फ्रान्समाथिको आक्रमण भएको बताएका छन्। थप पढ्नुहोस् ...











