पेरिस । कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ ।
कुल सङ्क्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ । विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।