अदुआमा कर्णालीका ७२० अनियमिताका उजूरी
कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका अनियमिताका ७२० उजूरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । चालू आर्थिक वर्ष असोज मसान्तसम्म आयोग सुर्खेतमा परेका उजूरीमध्ये ९१छिनोफानो गरिएको छ । बाँकी ६२९ उजूरी छानबिनका क्रममा रहेको आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले बताउनुभयो । गत आव २०७६÷७७ मा कर्णालीका जिल्लामा ४६७ उजूरी परेका थिए । आयोगमा सबैभन्दा बढी सुर्खेत जिल्लाका उजूरी परेका छन् । कार्यालयका अनुसार सुर्खेतबाट मात्र १४५ उजूरी परेका छन् । तीमध्ये २५ छिनोफानो भएका छन् । बाँकी १२५ छानबिनका क्रममा रहेको जनाइएको छ । दश जिल्लामध्ये कम उजूरी रुकुम(पश्चिम)का छन् । त्यहाँबाट हालसम्म ३७ उजूरी आयोगमा दर्ता भएका छन् । त्यस्तै डोल्पाबाट ३८, सल्यानबाट ३९, मुगुबाट ४२, हुम्लाबाट ५९ र जुम्ला जिल्लाका ५५ उजूरी अख्तियारमा परेका छन् थप पढ्नुहोस् ...











