२६ कार्तिक २०७७, बुधबार

नेप्काबाट जडीबुटी चोरी बढ्दै

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार कर्णाली प्रदेश
1.9kViews
1674 Shares

कर्णाली । कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लाको चङ्खेली गाउँपालिकाबाट अवैधरुपमा जडीबुटी चोरी तीव्र बढेको छ । चखेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको पछिल्लो समय अवैध चोरी–निकासी बढेको छ ।

वडा नं ५ को नेप्का गाउँको टाँके, माडिभिटा, फुने निलीलगायतका क्षेत्रबाट जडीबुटी चोरी निकासी हुने गरेको यहाँका स्थानीयवासीले बताउने गरेका छन् । मुगु र जुम्ला जिल्लाबाट ठेकेदारले कुल्ली लगाएर बहुमूल्य जडीबुटी जटामसी, कटुकीको चोरी निकासी गर्ने बढेको स्थानीयको आरोप छ ।

यो पनि पढ्नुहोस् ...  कर्णाली घुम्ने समय लकडाउनमै सकिने भो !

बहुमूल्य जडीबुटी चोरी हुन थालेपछि सिङ्गो गाउँका स्थानीय पालो गर्दै रक्षक बस्न थालेको वडाध्यक्ष भैरव तामाङले बताउनुभयो । नेप्का गाउँका विभिन्न ठाउँबाट सयौँ क्विन्टल कटुकी चोरी भएपछि गाउँका ६६ घरधुरी मिलेर विभिन्न स्थानमा जडीबुटी जोगाउन वनरक्षक बस्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । सम्बन्धित निकायको उदासिनताका कारण लेकाली भेगबाट मुगु, जुम्ला र हुम्ला जिल्लाका केही गाउँपालिकाबाट अवैध रूपमा जडीबुटी चोरी निकासी बढेको हो ।

यो पनि पढ्नुहोस् ...  कर्णाली प्रदेशको मन्त्रिपरिषद विस्तार तत्कालका लागि टर्‍यो, अब कहिले ?

यस्तै सिमकोट गाउँपालिका–१ को चुवाखोला वनबाट ठूलो सङ्ख्यामा अन्तरजिल्लाका नागरिक आएर जडीबुटी सङ्कलन गर्न आएको स्थानीयको भनाइ रहेको छ । मुगु, बाजुरालगायतबाट जिल्लाबाट आएर जडीबुटी निकासी भइरहेको बताइएको छ । हुम्लाबाट वर्षेनी हवाई तथा पैदल मार्ग भएर करोडौं रकमको बहुमुल्य जडीबुटी निकासी हुने गरेको छ ।

यो पनि पढ्नुहोस् ...  कर्णाली प्रदेशमा एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार