प्रमुखले पठाएको पत्र सभामुखले पढेर स्थगित गर्ने तयारीमा प्रदेश १ प्रदेशसभा
काठमाडौं । प्रदेश १ को आजबाट सुरु हुने हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित हुने बुझिएको छ । नेकपा विभाजनको संघारमा पुगेपछि उत्पनन समस्याका कारण सभामुखले पत्र पढेर स्थगित गर्ने तयारी भएको बुझिएको छ । आज प्रदेश प्रमुखले अधिवेशन सुरु गर्नका लागि पठाएको पत्र सभामुखले पढेर सुनाउने छन् । त्यसपछि बैठक स्थगित हुने बताइएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने विषयका कारणपनि विवाद उत्पन्न भएको छ । नेकपाभित्रकै दुवै पक्षले सशक्त रुपमा तयारी गरेका थिए । यद्यपी प्रचण्ड–नेपाल समूहले बैठकमा कडा रुपमा प्रदर्शन गर्नेब ताएको थियो । यसैबीच प्रदेशसभा भवनका कुसीहरु समेत वेल्डिङ गरेर राखिएको छ । थप पढ्नुहोस् ...













