कोरोना भाइरस : ठप्प बन्यो भारतीय चलचित्र उद्योग बलिउड
कोभिड-१९ को सङ्क्रमणका कारण विश्व नै ठप्प रहेका बेला भारतको चलचित्र उद्योगले रित्तो फिल्म सेट, बन्द चलचित्र घरहरू र चर्चित अभिनेताका खाली डायरीहरू देखिरहेको छ। बलिउडमा परेको असरबारे बीबीसी एसिया नेटवर्कका हरून रशिदको रिपोर्ट। गत महिना बलिउडका प्रशंसकहरू निकै उत्साहित थिए। शक्तिशाली प्रहरीको कथामा आधारित निर्देशक रोहित शेट्टीको नयाँ चलचित्र मार्च २४ तारिखमा प्रदर्शनमा ल्याउने योजना थियो। भारतमा राष्ट्रिय बिदाको दिन रिलिज गर्ने योजना बनाइएको सूर्यवंशी नामक उक्त चलचित्रले मनग्गे आम्दानी गर्ने पनि अनुमान गरिएको थियो। तर त्यही दिनबाट कोरोनाभाइरसको सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै भारतमा २१ दिने लकडाउन सुरु भयो। अनि सूर्यवंशी चलचित्र सार्वजनिक गर्ने मिति अनिश्चितकालका लागि सारियो। अर्का निर्देशक कबिर खानको विश्वकप बिजेता भारतीय टोलीमाथिको कथा समेटिएको चलचित्र प्रदर्शनको मिति पनि त्यसैगरि पछि सारियो। रणवीर सिंह र दीपिका थप पढ्नुहोस् ...













