भारतमा ‘कोरोना प्यार है’ नामक चलचित्र निर्माण हुने

उज्यालो प्रतिनिधि ४ चैत्र २०७६, मंगलवार उज्यालो फोकस

एजेन्सी । कोरोना भाइरसले विश्वभर महामारीको रूप लिइरहेको छ। करिब एक सय ६० भन्दा बढी मुलुकमा यस भाइरस संक्रमित बिरामीहरू देखा परिसकेका छन्। तर हालै बलिउडमा एउटा अचम्मको घटना भएको छ। कोरोनाको महामारी फैलिरहेको बेला भारतमा एक फिल्म निर्माण हुने भएको छ। जसको नाम ‘कोरोना प्यार है’ राखिने भएकाे छ। अघिल्लो साता भारतमा यो चलचित्र बनाउन भनी नामसमेत दर्ता गरिएको टाइम्स अफ इन्डियालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

किशोर र सुनील लुल्लाको प्रोडक्सन कम्पनी इरोज़ इन्टरनेसनलने यस नामको फिल्म निर्माण गर्न अघिल्लो हप्ता रजिस्टर गरेका थिए। फिल्मका निर्मातामध्येका एक सुनील फिल्मबारे भने, ‘हामी अहिले कोरोनाको महामारीको चेपमा छौं, सधैं त यस्तो नहोला, हामी अहिले स्क्रिप्टलाई अन्तिम रूप दिँदै छौं।’ उनले फिल्म एक विशद्ध प्रेम कहानी हुने पनि सञ्चारकर्मीलाई बताएका छन्। ‘हामी अहिले स्थिति सामान्य हुने पर्खाइमा छौं, यसैमा हामी अड्किएका छौं, एकचोटि स्थिति सामान्य भएपछि हामी फ्लोरमा जानेछौं।’ फिल्मको नाम झट्ट सुन्दा भारतीय अभिनेता ऋतिक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ झैं लाग्छ। जसका कारण पनि फिल्मका निर्देशक राकेश रोशनले फिल्मको नाम र वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गर्दै आपत्ति जनाएका छन्। उनले भने, ‘अहिले हामी पूरै विश्व यो रोग र महामारीसँग लडिरहेका छौं, तर यहाँ मजाक उडाउने जसरी काम भइरहेको छ, यो पूरै केटाकेटी पारा भइरहेको छ। हामीले उनीहरूलाई नजरअन्दाज गर्नुपर्छ।’ फिल्म निर्माताहरूले यो ठीक गरिनरहेको भन्दै उनले दुःख पोखेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार