यसकारण बलिउड अभिनेत्री नेहा धुपिया ट्रोलको शिकार भइन

मुम्बई । बलिउड अभिनेत्री नेहा धुपिया ट्रोलको शिकार भएकी छन्। भारतीय रियालिटी सो रोडिजमा दिएको अभिव्यक्तिका कारण उनको आलोचना भइरहेको छ ।

रोडिजको एपिसोडमा सहभागी युवाले आफ्नी प्रेमिकाले धोका दिइरहेको थाहा पाएपछि झापड हानेको प्रतिक्रिया दिएलगत्तै अभिनेत्री धुपियाले उनलाई गाली गरेकी थिइन् ।

उनले यी युवतीको पक्ष लिएर सहभागी प्रतियोगीलाई हात उठाउने अधिकार नभएको बताएलगत्तै उनी ट्रोलको शिकार भएकी थिइन् ।

सामाजिक सञ्जालमा नेहाविरुद्ध अभिव्यक्तिहरू आइरहेका छन् । उनले आफ्नो अभिव्यक्तिलाई गलत व्याख्या गरिएको भन्दै महिलाविरुद्ध हुने हिंसा सहन नसक्ने प्रतिक्रिया दिएकी थिइन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले भनेकी छन्, ‘ती युवतीले गरेका काम उनको नैतिक अधिकार र व्यक्तिगत विषयका कुरा हुन्। मैले सम्बन्धमा धोकालाई महत्व दिन खोजेको होइन। ती युवतीको सुरक्षाको विषयमा बोलेको हो ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार