खड्गप्रसादको सुरक्षामा डिएसपीको टोली, बालुवाटारको सुरक्षाकर्मी बुढानिलकण्ठतिर
काठमाडौं । एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनुभएका अर्थमन्त्री विष्णु पौडेलद्वारा गत जेठ १५ मा जारी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट कार्यान्वयनमा जानुभन्दा तीन दिनअघि सरकार ढल्नाले अध्यादेशमार्फत् ल्याइएको उक्त बजेट कार्यान्वयनमा समस्या देखिएको छ । अब हिजो गठित शेरबहादुर देउवाको सरकारले पूरक बजेट ल्याउला या कानुनी झन्झट कसरी मिलाउला प्रष्ट छैन । बजेटमात्रै होइन, ओली प्रधानमन्त्रीबाट हटेसँगै उनका सबै मन्त्री र सचिवालयका नियुक्तिवाल पनि फिर्ता भएका छन् । नेपाली सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निवर्तमान प्रधानमन्त्रीको सुरक्षार्थ खटाएका अलग–अलग टोलीले हिजै मंगलबार बालुवाटार छाडेका छन् । अब निवर्तमान प्रधानमन्त्रीलाई थप पढ्नुहोस् ...













