काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश नभई सर्वोच्चको परमादेशले बिदा लिएको बताएका छन्।
‘मेरो पक्षमा जनताको जनादेश थियो तर सर्वोच्चको परमादेशले विदा लिँदैछु’, मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘मलाई चिन्ता छैन। मैले यसकारण पद छोडेको छु, मैले देशको समृद्धि र शुसासनलाई ध्यानमा राखेर काम गरेको छु।’
विकासको गतिमा असाधारण र अभूतपूर्व काम गरेको दाबी उनले गरे। देशमा चौतर्फी रुपमा विकास र रुपान्तरण गरेको दाबी उनले गरे।
जनताले दलको घोषणापत्र र आचारण हेरेर मत दिने भन्दै उनले सरकार बनाउने बेलामा दल बाहिर गएर मत दिन नमिल्ने बताए। उनले जुनसुकै दलमा गएर भोट हाल्न पाउने व्यवस्थाले लोकतन्त्र र दलीय प्रणालीलाई नै चुनौती दिएको दाबी गरे।






