काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
आजै प्रधानमन्त्री नियुक्त हुन लागेका देउवासँग प्रचण्डले मन्त्रिमण्डल विस्तारका बारेमा छलफल गरेका गरेका हुन् ।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारमा सामेल हुने माओवादी केन्द्र तर्फका मन्त्रीहरुको अन्तिम टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको थियो ।






