निषेधाज्ञामा पनि स्वास्थ्य संस्था धाउँदै गर्भवती
काठमाडौँ । कोभिड-१९ को दोश्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाले जिल्लाको जनजीवन ठप्प छ । यातायातका साधनहरु नचल्दा अत्यावश्यकीय काम समेत प्रभावित भएका छन् । यस्तो अवस्थामा समेत रोल्पाका स्वास्थ्य संस्थामा प्रसुती सेवाले भने निरन्तरता पाइरहेको छ । आमा बन्न स्वास्थ्य संस्था धाउने गर्भवतीको सङ्ख्यामा गिरावट आएको छैन । स्वास्थ्यकर्मीले कोरोनाको रोकथाम तथा उपचारका साथै स्वास्थ्य संस्थाका नियमित कामलाई समेत निरन्तरता दिइरहेका छन । राज्यको पहिलो प्राथमिकतामा रहेको आधारभूत स्वास्थ्य सेवा अन्तरगत प्रसुती सेवाले यस्तो समयमा पनि निरन्तरता पाइरहेको छ । घरमा हुने सुत्केरीले आमा तथा शिशुमा स्वास्थ्य सङ्क्रमण देखिदा मातृ र बालमृत्यु दर बढेको भन्दै सरकारले संस्थागत प्रसुतीलाई महत्वपूर्ण कार्यक्रमका रुपमा अघि सारेको छ । कोरोनाको दोस्रो लहरपछि भएको निशेषज्ञा अवधिमा रोल्पा अस्पतालमा ६२ जनाले गर्भवती सेवा लिएका छन् । थप पढ्नुहोस् ...













