दुधमा बेसार मिसाएर खानुका अचुक फाइदा

एजेन्सी । आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ ।

यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ। यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन् ।

१. दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।

२.बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ ।

३. दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ ।

४.बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ। यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ ।

५.दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ।

६.अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ।

७.आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।

८. दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ।

९. छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ।

१०. दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन्। पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ।

११. महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ। साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ। सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ ।

१२.चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार