कोरोना भाइरसको असर विश्वको अर्थतन्त्रमा,थाहा पाउनुहोस कुन देशलाई कती घाटा
एजेन्सी । चीनको केन्द्र हुबेइबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण संसारभर फैलिन थालेको छ। अहिलेसम्म ८० राष्ट्रमा कोरोना संक्रमित भेटिइसकेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। यसको असर मावन मात्र परेको छैन, विश्वको अर्थतन्त्रमा पनि पर्न थालेको छ। कोरोना भाइरस संक्रमित बढेसँगै आर्थिक क्षेत्र पनि धराशायी हुने देखिएको छ। त्यसैगरी, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि आर्थिक वृद्धिमा भारी गिरावट आउने चेतावनी दिएको छन्। यसले आर्थिक क्षेत्रमा कस्तो प्रभाव पार्छ भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विश्लेषण पनि गरिसकेका छन्। कोरोना भाइरको कारणले भारतमा २.५ हजार करोडको नोक्सान भएको आशंका गरिएको छ। भारतीय २० अर्ब ५ करोडको व्यापार घाटा अनुमान गरिएको हो। त्यसैगरी, युरोपियन युनियनको १.१ लाख करोड रुपैयाँ घाटा भएको अनुमान गरिएको हो। जुन भारतको भन्दा ४४ गुणा बढी थप पढ्नुहोस् ...








