नेप्से दुई अङ्कले घट्यो

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार अर्थ

काठमाडौं । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से आज दुई अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज १.९६ ले घटेर एक हजार ५०२.१८ भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ ।

नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रहेको छ । कूल १७९ कम्पनीको कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर रु तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोवार भएको छ ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ । बैंकिङ ४.७६, उत्पादन २३.३९ र अन्य उपसमूह ९.०४ ले बढ्दा व्यापार १५.४२, होटल २२.६५, विकास बैंक १६.३२, जलविद्युत् ११.५८, वित्त २.३९, निर्जीवन बीमा २२०.८८, लघुवित्त ३२.०३, जीवन बीमा ४.७३ र सामूहिक लगानी कोष ०.०४ ले घटेको छ ।

कारोवारका आधारमा आज एनएमबी शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ४३ लाख ३४ हजार ७३ बराबरको कारोवार भएको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख दुई हजार ७१३, शिखर इन्स्योरेन्स कम्पनी रु १२ करोड २४ लाख ४२ हजार ७१४, प्रिमियर इन्स्योरेन्स कम्पनी रु ११ करोड ८६ लाख ८६ हजार ६४२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ६४ लाख ६२ हजार ५९०, एनआइसी एशिया बैंक रु १० करोड ४४ लाख २० हजार ८०९ र हिमालयन डिस्टिलरी रु १० करोड २२ लाख चार हजार ८९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १०, मञ्जुश्री फाइनान्स ९.५७, युनियन हाइड्रोपावर ९.३८, आरएसडिसी लघुवित्त ६.७५, नेपाल हाइड्रो ६.२५, एनएमबी बैंक ४.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकका शेयरधनीले ३.८८ प्रतिशतले कमाए ।

त्यस्तै गुह्यश्वरी मर्चेन्ट बैंक ७.५३, प्रिमियर इन्स्योरेन्स ७.१५, पु्रडेन्सियल इन्स्योरेन्स ६.१९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ५.३१, सिभिल लघुवित्त वित्तीय संस्था ४।७४ र पोखरा फाइनान्सका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार