अर्थ

कोरोनाभाइरसको प्रभाव : यसपालीको आर्थिक वृद्धि दर २.२७ प्रतिशत रहने

यसपालीको आर्थिक वर्ष सकिन चार महिना बाँकी हुँदाखेरि देखि नै कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण हवाई यातायात बन्दबाट सुरु भएको आर्थिक प्रभाव अहिले 'लकडाउन'मा बदलिएको छ। यो बन्देजको अवस्था कति लम्बिएला भन्न सकिने स्थिति पनि छैन। ठप्प आर्थिक गतिविधिका कारण सरकारको आर्थिक वृद्धिको प्रक्षेपण पनि उल्लेखनीय रूपमा घटाएको छ। जेठबाट नियमित गतिविधि हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा यसपालीको आर्थिक वृद्धि दर २.२७ प्रतिशत रहने भनिएको छ। कोरोनाभाइरस सङ्क्रमणको महामारीले उब्जिएको अवस्था चाँडै नै अन्त्य हुने आशमा यो अनुमान गरिएको विभागले जनाएको छ। विभागका आर्थिक महाशाखाका प्रमुख हेमराज रेग्मीले भने, "यसपालीको आठ महिनासम्म सामान्य हिसाबमै वृद्धि दर रहेको, चैत र वैशाखको दुई महिनामा धेरै प्रभाव परेको हिसाब अनि जेठ र असारमा अलि कम प्रभाव पर्ने हिसाबमा यो थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ बैशाख २०७७, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार