सुनको मुल्य आकाशियो,सोमबार पनि नयाँ रेकर्ड कायम,तोलाको कती ?

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार अर्थ

काठमाडौं । केही दिनदेखि उकालो लागेको पहेंलो धातु सुनको मूल्यमा सोमबार पनि नयाँ रेकर्ड कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो।

हिजो आइतबार तोलामा ७ सय रुपैयाँ बढेको सुनको भाउ आज १५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

स्थानीय बजारमा छापावाला सुन आइतबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

आइतबार छापावाल सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजाबी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ९२५ मा कारोवार भएको छ।

आइतबार चाँदी प्रतितोला ९२० मा कारोबार भएको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार