कोरोना भाइरसको प्रभाव : सुनको मुल्य ह्वात्तै बढ्यो

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार अर्थ

काठमाडौँ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुन प्रतिऔँस १५८७.७७ डलर कायम भएको छ । यो ५.१४ डलरले उकालो लागेको हो । केही दिनअघि पनि यो मूल्यले उछाल मारेर १६१० डलर पुगेको थियो तर यो निकै छोटो अवधि मात्र कायम रहेकाले त्यसको प्रभाव नेपाली बजारमा भने नपरेको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

तर फेरि पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै नै एक हजार छ सय डलरभन्दा माथि पुग्ने अनुमान गर्न थालिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा पनि सुनले नयाँ रेकर्ड बनाएको छ ।

मङ्गलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार सात सय रुपियाँमा कारोबार भयो । यसअघि गत माघ १८ गते ७६ हजार पाँच सय रुपियाँको रेकर्ड बनाएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार चार सय रुपियाँमा किनबेच भएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार