सुनको मूल्यम वृद्धि, तोलाको कति ?
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको मूल्यम सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदीको मूल्य पनि रु ५ बढेर तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । थप पढ्नुहोस् ...










