काठमाडौँ । आज सुनको मुल्य बढेको छ । लगातार ३ दिन घटेको सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । मंगलबार १७ सयले घटेको सुन बुधबार पनि १२ सयले घटेको थियो । बिहीबार सुन १२ सयले घटेको थियो ।
आज छापावाल सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।






