हाम्रो शुभकामना, ‘कमरेड ईश्वरले स्कुलिङ विभागको नेतृत्व पाओस्’
तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँगै केही कम्युनिस्ट घटकहरुको एकताले देश साँच्चिकै समृद्धितर्फ जाने जनतामा ठुलो अभिलासा थियो । त्यही अभिलासा माथि टेकेर नै निर्वाचनपछि नेकपा नेपालको सबैभन्दा ठुलो राजनीतिक दल बन्न पुग्यो । अहिले नेकपाको लगभग दुईतिहाइ सहितको शक्तिशाली सरकार बनेको छ तर सरकारको कामकारबाही र योजना भने निक्कै फितलो हुँदै गएको छ । हिजो जनतालाई जुन सपना देखाएका थिए, आज निर्वाचन जितेपछि आफ्नो सरकारले कामको गति बढाउन नसक्दा जननिर्वाचित् प्रतिनिधिहरु अन्योलमा छन् । नेकपा भित्र विचार र सिद्धान्तको मतभेद त थियो नै तर पछिल्लो चरण पद प्रतिष्ठाको भागभण्डामा आएर विवाद सिर्जना भएको छ यो विवादले अप्रत्यक्ष रुपमा पार्टी संगठन र आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको गतिलाई नियन्त्रण भन्द बाहिर लाँदै गरेको आमजनताले महसुस गरेको पाइन्छ । पछिल्लो थप पढ्नुहोस् ...









