सेवाग्राहीसँग घुस लिएको आरोपमा पासवानविरुद्ध मुद्दा दायर

उज्यालो प्रतिनिधि २४ माघ २०७६, शुक्रबार समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी उक्त रकम घुस लिएको तथ्य निर्विवाद पुष्टि भएको आयोगले आरोप लगाएको छ ।

यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

यसैगरी आयोगले सवडिभिजन कार्यालय सैनामैना रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध पनि आरोपपत्र दायर गरेको छ । घर निर्माणका लागि काठ उपलब्ध गराउन ‘भेरिफिकेसन’ गराएवापत सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार