काठमाण्डौ । बहुप्रतिभाका धनी एंव माझी समुदायमा “माझी किङ” को रुपमा चर्चित छन यमन माझी । माझी गायक एंव नायकको रुपमा सुपरिचित छन भने उनी माझी समुदायका नेपाली चलचित्रको पर्दामा देखिएका पहिलो नायक समेत हुन । उनले माझी र नेपाली भाषा गरी १ सय भन्दा बढी गीत गाइसकेका छन । उनको चर्चा दिन प्रतिदिन बढ्दो छ भने पछील्लो समयमा कलाकारीता र सामाजिक क्षेत्रमा निकै व्यस्त छन । पर्यटन पेशामा संलग्न उनै गायक एंव नायक यमन माझिसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।
बाल्यकाल
काभ्रे जिल्लाको तेमाल गाउँपालिका ३ चैथलीमा बुवा सुब्बा माझी र आमा हरिमाया माझिको कोखबाट बि. स २०४९ कार्तिक २५ गते जन्मेका हुन । सामान्य परिवारमा जन्मेका उनले बाल्यकालमा निकै संघर्ष गर्नु पर्यो । गाउँ कै श्री भुमे मा बि सरमथलीमा माध्यमिक तहसम्म अध्ययन गरेका उनी सानैदेखी सोझो ,इमान्दार, मिजासिलो र चन्चने स्वाभावका कारण सबैको प्यारो थिए । पढाईमा उनले लगन राम्रै थियो भने बिद्यालयले आयोजना गरेका हरेक अतिरिक्त कृयाकलापमा उनको सकृयता थियो । उनले गाएको गीत सुन्न सबैले मन पराउथे भने कार्यक्रम र कक्षामा गीत गाउँदा सबैले प्रशंशा गर्दथे । गीत गाउँन सँगै उनी हार्मोनियम,बासुरी,मादल समेत बजाउने गर्दथे । उनलाई आफ्ना आफन्त,साथीभाइ र शिक्षकले गायन क्षेत्रमा लाग्नको लागी प्रेरित गर्थे । कहिलेकाही खाना खादासमेत गीत गाउँने उनले आमाको गालीसमेत खाने गर्थे ।
गायन यात्रा
एस एल सि मा राम्रै नतिजा आएपछी उनी उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ आए । परोपकार उच्च मावीमा +२ अध्ययन गर्न भर्ना भए ।
उनको आवाज निकै राम्रो रहेको र सांगीतिक क्षेत्रमा प्रगती गर्न सक्छ भन्ने विश्वासले आफ्नै माइला दाजु सोम कुस्कु माझिले गीत रेकर्ड गर्न सहयोग गरे । बि .स. २०६६ सालबाट आफ्नै माझी भाषामा “कखनि उपर कखनि तलेन” बोलको गीत रेर्कर्ड गरी साङ्गितिक यात्रामा होम्मिएका माझीले अहिलेसम्म १ सय भन्दा बढी गीत गाइसकेका छन । साङ्गितिक यात्रामा धेरै कष्ट र सङ्घर्ष भोगेको उनले पहिलो गीत रेकर्ड पछी चुनौती थप्दै गयो । साथीभाइले नेपाली गीत गाउन जोड गरेपछी उनले आफ्ना भाषागत गीत संगीत सँगै नेपाली गीत संगीतमा पाइला चाल्ने निधो गरे । संगीत सिक्न जाँदा कतिपय संगीतालयमा आर्थिक अभावका कारण हैरानी खेप्नु पर्यो ।
कलाकारिता यात्रा
उनले गाएका दोस्रो एल्बमको गीत ‘ पर्देशिदै छु’ मार्फत मोडलिङ क्षेत्रमा प्रबेश गरेका थिए । नेपाली चलचित्र ‘एक्स्ट्रा माया’ बाट माझी समुदायका पहिलो नायकको रुपमा देखिएका उनी पहिलोपटक कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन । चलचित्र २०७४ असार ८ गते देशभर प्रदर्शनमा आएको थियो ।
योगदान
आफ्नो भाषा,संस्कार र संस्कृति जोगाउन आँफैले केही पाठ्यक्रम बनाइ गाँउ -गाँउमा आफ्नो भाषा सिकाएका थिए । सबै क्षेत्रमा उत्तिकै पोख्त उनले आफ्नो समुदायको उत्थान गर्नको लागि गीत सङ्गित,फिल्म डकुमेन्ट्री बाट केही गर्न सकिछ भन्ने मुल आधार लिएर अघी बढेका माझिले अब आफ्नो समुदायको लागि र सिङ्गो राष्ट्रको निम्ती अझ यो भन्दा धेरै कार्य गर्नु पर्ने बताए । गीत सङ्गितबाट आफ्नै भाषामा चेतना ,उजागर तथा भाषा तथा सस्कृतिको जगेर्ना गर्न आफ्नो गीतबाट आवह्वान गरेका छन भने समाजमा राम्रो म्यासेज दिएका छन ।
उनी माझी समुदायमा कलाकारिता क्षेत्रमार्फत माझी समुदायलाई चिनाउन निरन्तर अघी बढेका युवा पुस्ताका व्यक्ती हुन ।
सम्मान तथा अवार्ड
उनी विभिन्न संघ संस्था,कार्यक्रम तथा समारोहबाट सम्मानित भएका छन भने उनले अभिनय गरेको ‘मोङो डोङा २ ‘ बाट उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका छन । पहिलो ज्योमो गाङ फिल्म अवार्डबाट सम्मानित भएका उनलाई थप हौसला र प्रेरणा मिलेको बताउँछन ।