नेकपा (माओवादी केन्द्र) को पहिचान !
दोस्रो संविधान सभा निर्वाचन – २०७० मा एकीकृत नेकपा (माओवादी) अनपेक्षित पराजित हुन पुग्यो । पहिचान र अधिकारलाई मुख्य चुनावी एजेण्डा बनाएको कारणले त्यस्तो पराजय भोग्नु परेको तर्क पार्टीभित्र र बाहिर निकै चल्दै थियो । केही महिनापछि पार्टीले काठमाडौंमा विशाल जनसभाको आयोजना गर्यो । उक्त सभालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष कमरेड प्रचण्डले दुई विषयहरू स्पष्ट रूपमा राख्नुभएको थियो । पहिलो, पहिचान नै माओवादीको पहिचान हो । जुन दिन पहिचान सकिन्छ त्यहीँ दिनदेखि माओवादीको औचित्य पनि सकिन्छ । दोस्रो, माओवादी विशेष धातुले बनेको पार्टी हो, त्यसैले यो पार्टी अरु भन्दा बेग्लै छ । १० वर्षे जनयुद्धको नेतृत्व गरेको नेकपा (माओवादी) पार्टी सशस्त्र जनयुद्ध लड्ने बेग्लै कम्युनिस्ट पार्टी थियो । वर्गीय, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिक पहिचानको आधारमा गरिएको उत्पीडनहरूबाट मुक्त थप पढ्नुहोस् ...




