कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकातर्फ लुम्बिनी प्रदेशकै पहिलो बन्यो गुल्मीको धुर्कोट गाउँपालिका
गुल्मी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकातर्फ गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा धुर्कोट ७६.७ अंक प्राप्त गरी लुम्बिनीका ७३ गाउँपालिकामध्ये पहिलो बनेको हो । देशभरका ७५३ स्थानीय तहमध्ये धुर्कोट १० औं स्थानमा छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्ष १ देखि ८ सम्म थप पढ्नुहोस् ...












