टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
टीकापुर, प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक सुरुआत गरे । उनले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानको सुरुआत गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिए । “बजारमा गुलाब रोपेर सहरलाई सुन्दर बनाउने काम राम्रो हो”, उनले भने, “यस अभियानमा सबै नागरिकले सघाउनुपर्छ । मेरोे तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।” मन्त्री चौधरीले टीकापुर बजारलाई गुलाबको सहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने बताए । टीकापुरलाई गुलाबको सहर बनाउने अभियानलाई सहयोग पुगोस् भनी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले रु पाँच लाख थप पढ्नुहोस् ...











