प्रधानमन्त्री संविधान भत्काउने योजनामा हुनुहुन्छ : घनश्याम भुसाल

रविन्द्र प्रताप गुप्ता ३ माघ २०७७, शनिबार BOX NEWS

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने बताएका छन् । संसद विघटनपछि नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भिर समीक्षा हुने उनको भनाइ छ ।

नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद पुनःस्थापनाको विकल्प नभएको स्पष्ट पारे । उनले सेटिङ्गबाहेक अर्को कुनै तरिकाले संसद पुनःस्थापनालाई रोक्न नसक्ने दावी गरे । संसद पुनःस्थापना नभए मुलक डरलाग्दो भूमरीमा फस्ने र अहिलेसम्म प्राप्त उपलब्धिहरु नासिने उनको भनाइ छ ।

न्यायलयलाई प्रभावित पार्न नदिनको लागि दबाब दिनु परेकोले सडक आन्दोलन गर्नु परेको बताउँदै नेता भुसालले तीन महिनाभित्र संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । संसद पुनःस्थापना हुन नदिने षड्यन्त्रविरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बताउँदै उनले देशका बुद्धिजीवी, संविधानविद्, कानुनविद् सबै संसद विघटनको विपक्षमा रहेकोले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए ।

‘संविधानलाई ट्रयाकमा ल्याउन, संविधानलाई च्यातिन नदिन पनि संसद पुनःस्थापना हुनुपर्छ ।’ उनले भने, ‘प्रधानमन्त्री संविधान भत्काउने योजनामा हुनुहुन्छ । त्यसको फायर संसद विघटनबाट खोल्नुभएको छ । सबै कुरा आफ्नो नियन्त्रणमा राख्ने नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो ।’

पूर्व कृषिमन्त्री समेत रहेका नेता भुसालले पार्टी कब्जा गर्ने, विधि–प्रक्रिया अनुसार नचलाउने, घोषणापत्र अनुसार सरकारका नीति तथा कार्यक्रम नल्याउने कुरामा बाहेक पार्टीले प्रधानमन्त्रीलाई कुनै काममा अवरोध नगरेको स्पष्ट पारे ।

नेकपा स्थायी समिति सदस्य रहेका नेता भुसालले वैशाखमा चुनाव नहुने र पछि भइहाले पनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रवृत्तिले मुलुकमा कहिल्यै स्थिरता नआउने बताए । शान्ति, स्थिरता, विकासको लागि नेपाली जनताले नेकपालाई अभूतपूर्व अभिमत दिए पनि प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्न नसकेको उनले बताए ।

सोही कार्यक्रममा नेकपा केन्द्रीय सदस्य वामदेव क्षेत्रीले प्रधानमन्त्रीको एकात्मवादी सोच र व्यवहारका कारण समस्या आएको बताउँदै संसद विघटनले राजवादीहरु सल्बलाउने अवसर पाएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सडकबाटै संसद पुनःस्थापना गरिने उनको भनाइ छ ।

पार्टीका अर्का नेता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री समाजवाद उन्मुख देश बनाउन दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएकोमा त्यसतर्फ अघि बढ्न नचाहेकोले प्रधानमन्त्रीले अहंकारको धारा लगाएर संसद विघटन गरेको टिप्पणी गरे ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य मक्सुद अली, पार्टीका रुपन्देही जिल्ला सचिव निर्मल जिसी, नेता तथा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, नेतृ तथा तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरी लगायतले बोलेका थिए । तिलोत्तमा नगर कमिटी सचिव लक्ष्मण खनालको अध्यक्षता, नगर कमिटी सह–इञ्चार्ज धनबहादुर गुरुङको स्वागत तथा सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार