ओली नेतृत्वको सरकारले निर्वाचन गराउन सक्दैन : उपेन्द्र यादव

रविन्द्र प्रताप गुप्ता १४ पुष २०७७, मंगलवार BOX NEWS

भैरहवा । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने दावी गरेका छन् । उनले निर्वाचन गराउन संसद विघटन नगरिएको बताए । जसपा जिल्ला समन्वय समिति रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले लोकतन्त्रलाई समाप्त पार्ने र निरंकुश शासक बन्ने चाहनाले प्रधानमन्त्री ओलीले संसद विघटन गराएको आरोप लगाए ।

चुनाव भए पनि वा संसद पुनस्थार्पना भए पनि केपी ओली पतन हुने उनले दावी गरे । करिब दुईतिहाई बहुमत प्राप्त गरेको सरकारले चुनावको कुरा गरेर संसद विघटन गर्नु आफैमा आश्चर्यजनक विषय भएको उनले बताए । लोकतन्त्रलाई समाप्त पार्ने खेलमा लागेर सरकारले संसद विघटन गराएको उनले बताए ।

‘संसद विघटन भए पछि सरकार कामचलाउ/चुनावी सरकार हुन्छ, सरकारले मन्त्री हेरफर वा नयाँ मन्त्री नियुक्त गर्न पाउँदैन, ’उनले भने ।

उनले ओली नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवा गरे । पूर्वराजा ज्ञानेन्द्रले संसद भंग गरेर असंवैधानिक कदम चालेका थिए, त्यो बेला उनले असंवैधानिक कदम नचालेको भए त्यो परिस्थिति अर्कै हुन सक्थ्यौं, यति बेला ओलीले पनि असंवैधानिक कदम चालेका छन, यादवले भने ।

राजनीतिक रुपमा हरेक नागरिक चेतनशील भइसकेकोले अब झुटको खेती चल्न नसक्ने उनको भनाइ थियो । जसपाले सुरुदेखि नै संसद विघटन गर्ने कदम असंवैधानिक र प्रतिगामी भएको भनेर विरोध गर्दै आएको यादवले बताए । चुनावबाट जसपा कहिल्यै नडराएको बरु चुनावलाई पार्टीले संघर्षको रुपमा लिएको उनले बताए । सिस्टम भए चुनावको कुरा हुने उनले बताए । तर अहिले संसद विघटन गर्ने कदम बेठिक भएको उनले बताए ।

कार्यक्रममा जसपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले केपी ओली निरंकुशतातर्फ अघि बढेको बताए । उनले कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको दावी गरे ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले नेकपाको विवाद देशको हितको लागि नभइ पदको लडाइ भएको बताए । उनले कोरोना महामारीको समयमा सरकारले केही पनि गर्न नसकेको बताए । जसपा केन्द्रीय सदस्य निलम यादवले जसपाप्रति जनताको आकर्षण बढ्दै गएको बताइन् ।

जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवको अध्यक्षता, नेता मोहनलाल यादवको स्वागत तथा पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता इञ्जिनियर रवि कुमार रौनियार, संविधानसभा सदस्य सीमा कौशल, सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा सदस्य दिपेश प्रताप शाही, बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्री, स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार भएका युवा नेता सुनिल पुन, सतिष कौशल (दिपक), गजेन्द्र कोहार लगायत विभिन्न पार्टी परित्याग गरी २ सय ६९ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेको पार्टीका रुपन्देही प्रवक्ता मोहम्मद इस्लाम खानले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार