काभ्रे खानीखोला–४ को वडा कार्यालय भवन शिलान्यास

उज्यालो प्रतिनिधि २२ मंसिर २०७७, सोमबार फोटो समाचार

काभ्रे । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका वडा नं. ४ स्थित् जगथलीमा वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । करिब एक करोड लगातमा निर्माण हुन लागेको वडा कार्यालय भवनको आइतवार गाउँपालिकाका उपप्रमुख रुक्मनी गुरुङले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपप्रमुख गुरुङले स्थानीय सरकार आएसँगै बिगत बर्षको तुलनामा महसुस हुने प्रगति भएको बताए । उनले नागरिकका चाहनाअनुसारक धेरै काम गर्न बाँकी रहेको र जनतालाई केन्द्रमा राखेर आफुहरु रात दिन काम गरिरहेको बताए । त्यस्तै, गाउँपालिका उपप्रमुख गुरुङले भवन निर्माणका क्रममा गुणस्तरीयतामा ध्यान दिनसमेत निर्माण कम्पनीलाई आग्रह समेत गरिन् । ‘जनताले तिरेको करबाट वडा कार्यालय भवन निर्माण हुँदैछ’, उनले भनिन्, ‘यसमा हामी सबैले निगरानी गर्न जरूरी छ ।’

कार्यक्रममा गाउँपालिकाका प्रवक्त तथा वडा नं. ६ का वडाध्यक्ष मान बहादुर गोल पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत वडा कार्यालय भवन निर्माण सुरू गरिएको बताए ।

त्यस्तै, शिलान्यास कार्यक्रममा खानीखोला–४ का वडाध्यक्ष वीर बहादुर वाईबाले वडा कार्यालयको भवन निर्माणपछि सेवाग्राहीलाई आफ्नै वडाको भवनबाट छिटो छरितो तरिकाले सेवा प्रदान हुने बताए । ‘वडा कार्यालय एक वर्ष अर्थात् ०७८ असार मसान्तसम्म सम्पन्न हुने गरी शिलान्यास गरिएको हा,े’ उनले भने, भवन निर्माण सम्पन्न भएपछि बैठक कक्ष, प्रशासनिक काम र वडामातहतका अन्य सेवा सञ्चालन हुनेछ ।’

वडाको विकासका लागि सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै विकास र समृद्धिका लागि सधै समर्पित हुने उनको भनाइ छ । त्यस्तै, वडा सचिव रामकृष्ण आर्यालले करिब एक करोड रुपैयाँ लागतमा साँढे दुई तले भवन निर्माण हुन लागेको जानकारी दिए । वडा कार्यालयको भवन निर्माणको लागि स्थानीय लाल बहादुर माझी र कान्छा सिपाली जग्गादान गरेका हुन् ।

भवन निर्माणका लागि मकवानपुर जिल्लाको बागमती गाउँपालिका–५ फापरबारीका अमृता कन्स्ट्रक्सनले भ्याटसहित ९८ लाख ३५ हजार २ सय २३ रुपैयाँमा काम कबोल गरेका छन् । कम्पनीका प्रतिनिधि रमेश राउतले ०७७ साउन ३१ गते भवन निर्माणको लागि सम्झौता भएपनि इन्जिनियरले दिएको नक्सा फरक भएको कारण पुन अर्काे नक्सा बनाउने काम हुँदा केही ढिलाई भएको जानकारी दिए । उनको अनुसार ०७८ साउन ३१ (१ वर्ष) भित्रमा भवन निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ । उनले तोकिएको अवधिभन्दा अगाडि चैत्र समान्तभित्र नै निर्माण कार्य सम्पन्न गर्नेगरी आफु लागेको बताए । यस अघि वडा नं. ३ जुरेमा पनि वडा कार्यालय निर्माणका लागि शिलान्यास भइसकेको छ ।

भवन शिलान्यास कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष दुर्गा तिमल्सिना, वडा नं. ४ का वडा सचिव रामकृष्ण आर्याल लगायत स्थानीय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, भवन निर्माणका कम्पनीका प्रतिनिधि, आमा समूहका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार