तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिनको निधन

उज्यालो प्रतिनिधि ९ श्रावण २०७७, शुक्रबार प्रवास

डर ए सलाम । तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ । तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनि देशका तेस्रो राष्ट्रपतिको रुपमा चयन हुनु भएको थियो । उहाँले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रुपमा शासन गरेका थिए।

तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट ‘म दुखी भएको छु र यो देशको लागि ठूलो क्षति हो । आउनुहोस्, हामी उहाँहरूका लागि प्रार्थना गर्रौ र थप जानकारी पछि आउनेछ ’ राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत गरेको छोटो सम्बोधनमा बताएका छन् । मकापाको मृत्युको कारण भने तत्कालिन खुलाइएको छैन् ।

मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो । उनले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गरेका थिए । उनि देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गरेका थिए ।

राष्ट्रपति हुनुअघि उनले विदेश मन्त्री र सूचनामन्त्री जस्ता मन्त्रीपरिषदका पदहरू सम्हालेका थिए । राष्ट्रपति हुनु भन्दा अघि उनि संयुक्त राज्य अमेरिकाको राजदूतको पनि भएका थिए ।

उनको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार,उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ । एएफपी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार