काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) बाट रुसमा ५ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
वर्ल्डोमिटर्सका अनुसार एकै दिन ८ हजार ७७९ जनामा संक्रमण देखिएका छन भने १७४ जनाको मृत्यु भएको छ । यो सँगै रुसमा संक्रमितको कुल संख्या ५ लाख २ हजार ४३६ जना रहेका छन भने ६ हजार ५३२ जनाले ज्यान गुमाउका छन ।
हाल २ लाख ३४ हजार ७५४ जनाको उपचार भइरहेको छ भने २ लाख ६१ हजार १५० जना संक्रमणमुक्त भएको ले जनाएको छ।






