उपचारकै क्रममा भाग्ने एक जना कोरोना संक्रमितको मृत्‍यु

उज्यालो प्रतिनिधि २८ जेष्ठ २०७७, बुधबार प्रवास

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को उपचारकै क्रममा भाग्ने एक जनाको मृत्यु भएको छ । प्रहरीले उनलाई फेला पारेर पुनः अस्पतालमा भर्ना गरेपनि उनको मंगलबार मृत्यु हुन पुगेको हो ।

गाजियावादस्थित अस्पतालबाट भागेको केही दिनमै उनलाई प्रहरीले फेला पारेर बरेली अस्पतालमा लगेपनि उनको मृत्यु हुन पुगेको समाचारमा जनाइएको छ ।

यी व्यक्ती दिल्लीमा सिलाई–कटाईको काम गर्थे । कोरोना संक्रमणपछि उनलाई सुरुमा गाजियावादस्थित अस्पताल भर्ना गरिएको थियो, जहाँबाट भागेर उनी आफ्नी बहिनी भएको ठाउँ पुगेका थिए ।

अस्पतालबाट भागेको जानकारी पाएपछि प्रहरीले प्रहरीले उनीविरुद्ध विरुद्ध संक्रामक रोग ऐन उल्लंघनबारे एफआईआर दर्ता ग-यो, अनि पक्राउसँगै उपचारका लागि बरेली पठाइदियो ।

‘बरेली अस्पतालमा मंगलबार मृत्यु भएका यी पुरुष अन्दाजी ४५ वर्षका थिए । दुई दिनअघि मात्रै यहाँ उनलाई भर्ना लिइएको थियो,’ अस्पतालका चिफ मेडिकल अफिसर यसपाल सिंहले भने । एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार