५५ जनाद्धारा रक्तदान

उज्यालो प्रतिनिधि २३ जेष्ठ २०७७, शुक्रबार फोटो समाचार

भक्तपुर । कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका समयमा जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

 

रक्तदान कार्यक्रममा १४ महिलासहित ५५ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक एवम् उपशाखा सदस्य बिजय लामिछानेले जानकारी दिनुभयो । रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा चा“गुनारायण नगरपालिका–६ स्थित गितामन्दिर प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम हुने गरी कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सतर्कता अपनाइएको उपशाखा सचिव श्रीराम लामिछानेले बताउनुभयो ।

‘प्रत्येक १८ बर्ष उमेर पुगेका युवाले आफ्नो जन्मोत्सवस“गै रक्तदानको शुभारम्भ गरौं’ भन्ने सन्देश प्रवाह गर्न र रगतको अभाव न्यूनिकरण गर्न रक्तदानको आयोजना गरिएको उपशाखा सभापति सोम शर्मा (बजगाईं)ले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार