वासिङटन । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण रसियामा संक्रमितको कुल संख्या ४ लाख १४ हजार पार भएको छ ।
वल्डोमिटर्सका अनुसार एकैदिन ९ हजार ३५ जना नयाँ संक्रमित भेटिएका हुन भने १६२ जनाले ज्यान गुमाएका छन । यो सँगै रसियामा कुल संक्रमितको संख्या ४ लाख १४ हजार ८७८ पुगेको छ भने ४ हजार ८५५ जनाले ज्यान गुमाएका छन ।
कुल संक्रमितमध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्या १ लाख ७५ हजार ८७७ रहेको छ भने २ लाख ३४ हजार १४६ जना उपचाररत छन ।
२ हजार ३०० जनाको अवस्था भने गम्भिर रहेको छ ।






