कोरोना : ब्राजिलमा भयावह बन्दै, एकैदिन मृत्‍यु हुनेको संख्या अमेरिकाको भन्दा बढी

उज्यालो प्रतिनिधि २० जेष्ठ २०७७, मंगलवार विश्व

वासिङटन । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण ब्राजिलमा एकैदिन १४ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन ।

वल्डोमिटर्सका अनुसार एकैदिन १४ हजार १ सय ६९ जना नयाँ संक्रमित भेटिएका हुन भने ७३२ जनाले ज्यान गुमाएका छन । यो एकैदिन ज्यान गुमाउनेको संख्या अमेरिकाको तुलनामा बढी हो । यो सँगै ब्राजिलमा कुल संक्रमितको संख्या ५ लाख २९ हजार १८ पुगेको छ भने ३० हजार ४६ जनाले ज्यान गुमाएका छन ।

कुल संक्रमितमध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्या २ लाख ११ हजार ८० रहेको छ भने २ लाख ८७ हजार ८९२ जना उपचाररत छन ।

८ हजार ३१८ जनाको अवस्था भने गम्भिर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार