चीन सरकारले भारतमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लाने

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०७७, मंगलवार विश्व

एजेन्सी । चीन सरकारले भारतमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लाने भएको छ । भारतमा तीव्र रुपमा फैलिरहेकाे कोरोना भाइरसबाट सुरक्षित राख्न चीनले आफ्ना नागरिकहरु फिर्ता लाने भएको हो ।

भारतको नयाँदिल्ली स्थित चिनियाँ दुतावासले सोमबार एक बिज्ञप्ति जारी गर्दै भारतमा विभिन्न कारणले अड्किएर बसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लाने बताएको छ । उक्त सुचना वेबसाइटमा समेत राखिएको छ ।

भारतमा कतिका संख्यामा चिनियाँ रहेका छन् भन्ने यकिन तथ्याङ्क त रहेको छैन । यद्यपि उसले स्वदेश फर्किने नागरिकहरुरलाई आगामी मे २७ सम्ममा सम्पर्क गर्न अनुरोध भने गरेको छ । त्यसपछि चीन सरकारले हवाइ उडान मार्फत स्वदेश लाने जारी बिज्ञप्तिमा जनाइएको छ ।

योगा अभ्यास सिक्न र बौद्ध तीर्थ यात्रामा भारत पुगेका नागरिकहरूलाई समेत समावेश गरेर स्वदेश पठाइने बताइएको छ । यसअघि चीनमा कोरोनाको महामारी फैलिएका बेला भारतले आफ्ना ७ सय नागरिकलाई विशेष उडानमार्फत उद्धार गरेको थियो ।

जारी बिज्ञप्तिमा स्वदेश फर्किएका नागरिकले १४ दिन क्वारेन्टाइ बस्नुपर्ने र हवाइ टिकटसमेत आँफै वेहोर्नुपर्ने जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार