कोरोनाबाट बच्न ट्रम्पले प्रयोग गर्दै आएको औषधीमा डब्ल्यूएचओको रोक

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०७७, मंगलवार विश्व

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबारे जारी क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ ।

संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले जानकारी दिए ।

टेड्रोसका अनुसार साधारणतया हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोग मलेरियाका रोग जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ ।

तर कोरोनाका बिरामी यो औषधीको सुरक्षित प्रयोगको विषयमा चिन्तित छन् ।

टेड्रोसले साइन्स जर्नल लासेन्टमा हालै प्रकाशित एक अध्ययनको कुरा गर्दै कोरोना संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधी प्रयोग गरिएको छ, त्यहाँ मृत्युको खतरा धेरै भएको बताएका छन् ।

उक्त अध्ययन प्रकाशित भएपछि शनिबार विश्व स्वास्थ्य संगठनको सोलिडेरिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोभिड–१९ क्लिनिकल ट्रायल’ को एक्सिक्युटिभ ग्रुपको एउटा बैठक बस्यो ।

१० सदस्य देशको प्रतिनिधि भएका यो समूहले बैठकपछि यस औषधीसँग जोडिएको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा स्थगित गर्ने निर्णय गरेको छ । साथै, संसारभरी जहाँ यो औषधी प्रयोग भइरहेको छ, त्यसको नतिजाको व्यापक विश्लेषण गर्ने निर्णय पनि गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो औषधीको प्रयोगमा लगातार प्रोत्साहन गर्दै आएका छन् ।

हालै उनले कोरोना भाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थिए ।स्रोतः बीबीसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार