काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण रुसमा ३ लाख ४४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
एकै दिन ८ हजार ५९९ जनामा संक्रमण देखिएको छ भने १५३ जनाको मृत्यु भएको छ । योसँगै ३ लाख ४४ हजार ४८१ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ३ हजार ५४१ पुगेको छ ।
२ लाख २७ हजार ६४१ जनाको उपचार भइरहेको छ भने १ लाख १३ हजार २९९ जना कोरोनालाई जितेर घर फर्केका छन ।






