दक्षिण कोरियामा कोरोना संक्रमित धमाधम भेटिन थाल्यो

उज्यालो प्रतिनिधि १० जेष्ठ २०७७, शनिबार प्रवास

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरियामा अहिले फेरि दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितहरु फेरि धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ ।दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १६५ जना सङ्क्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।

अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ । पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना सङ्क्रमित भेटिएका छन् । पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ ।

दक्षिण कोरियामा सङ्क्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ । तर यता चीनमा भने आहिले एक जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका छन् । दुई जना भने शंकास्पद देखिएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिएपनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । –एपी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार