पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो

उज्यालो प्रतिनिधि ८ जेष्ठ २०७७, बिहीबार प्रवास

एजेन्सी । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभीड- १९ ) का कारण पाकिस्तानमा संक्रमितको संख्या ४५ हजार ८९८ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा दुई हजार भन्दा बढी संक्रमित थपिएका बताइएको छ ।

पाकिस्तानमा संक्रमितमध्येका ९८५ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तनमा बुधबार मात्र ४६ जना संक्रमितको ज्यान गएको छ ।
विगत २४ घण्टा भित्रमा यहाँका ५० जनाको मृत्यु भएको र दुई हजार जनाभन्दा बढी संक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । सो राज्यमा १७ हजार भन्दा बढी व्यक्ति संक्रमणमा परेका छन् ।

त्यसैगरी पञ्जावमा १६ हजार, खैबर पाख्तुनख्वामा छ हजार ३२५, बलुचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना संक्रमित रहेका छन् ।

संक्रमितहरुमध्ये १३ हजार १०१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३१ ह्जार ८१२ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।-एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार