नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणको संख्या निरन्तर बृद्धि भइरहेको छ। भारतमा कोरोनाभाइरस, बिरामीहरुको संख्या १ लाखको नजीक पुगेको छ, जबकि मृत्यु हुनेहरुको संख्या ३ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोविड १९ को सबैभन्दा बढी नयाँ घटनाहरू रिपोर्ट गरिएको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकका अनुसार देशमा हालसम्म कुल सकारात्मक घटनाहरू ९६ हजार १६९ छन्। जसमा, ३६,८२४ व्यक्ति निको भएर घर फर्किए र ५६ हजार ३१६ को उपचार भैरहेको छ । कुल ३,०२९ को मृत्यु भएका छन् । गत २४ घण्टामा कोरोना भाइरसको कुल ५,२४२ नयाँ संक्रमण फेला परेको रिपोर्ट गरिएको थियो, यसबाहेक १५७ जनाको मृत्यु भयो ।
भारतमा कोरोना बिरामीहरुको रिकभरीको प्रतिशत अन्य देशहरु भन्दा राम्रो छ। भारतमा कोविड १९ संक्रमितहरु निको भएर घर फर्किएहरु ३८.२९ प्रतिशत रहेको छ ।






