लकडाउन उल्लंघन गरेपछी बेलायतका एक उच्च अधिकारीले दिए रजिनामा

उज्यालो प्रतिनिधि २४ बैशाख २०७७, बुधबार प्रवास

एजेन्सी । कोरोना भाइरसबाट बच्नका लागि सरकारलाई लकडाउन गर्न सल्लाह दिने बेलायतका प्रमुख वैज्ञानिक निल फग्र्युसनले ‘सामाजिक दूरी’ को उल्लंघनपछि आफ्नो पदबाट राजिनामा दिएका छन् । महामारीको मामिलामा उनी सरकारका प्रमुख सल्लाहकार थिए । उनको सल्लाहपछि नै प्रधानमन्त्री बोरिस जोनसोनले २३ मार्चदेखि देशमा लकडाउन घोषणा गरेका थिए ।

‘प्रोफेसर लकडाउन’
उनी प्रोफेसर लकडाउन भनेर पनि चिनिन्थे । डेली टेलीग्राफको समाचारअनुसार निलले लकडाउनका दौरानमा एक महिलालाई दुई अवसरमा आफ्नो घरमा आउन दिएका थिए । उनले आफ्नो गल्ती स्वीकार्दै दुःख लागेको बताएका छन् । संक्रमण रोक्नका लागि सरकारले ‘सामाजिक दूरी’ को सन्देश दिइरहेको छ र यसलाई मैले उल्लंघन गरेँ, मलाई दुख लागेको छ,’ उनले भने ।

उनको संस्थाले विभिन्न देशका सरकार र डब्ल्युएचओलाई पनि सल्लाह दिँदैं आएको छ । उनकाअनुसार उनी ‘साइन्टिफिक एडभाइजरी गु्रप फर इमर्जेन्सी’ को पदबाट राजीनामा गर्दैछन् । उनी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिन एलालाईसिसका पनि निर्देशक हुन् ।

बीबीसीका अनुसार यही संस्थाले जनवरीमा कोरोनाको खतराबारे संसारलाई जानकारी गराएको थियो । यस संस्थाले विभिन्न देशका सरकार र डब्ल्युएचओलाई अफ्रिकामा इबोला फैलिइको बेला पनि सल्लाह दिएको थियो । बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यहाँ, केवल अत्यावश्वक सामाग्रीका लागि मात्रै पसल खोल्न पाइन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार