स्पेनमा बिस्तारै लकडाउनलाई खुकुलो बनाउन थालियो

उज्यालो प्रतिनिधि २२ बैशाख २०७७, सोमबार प्रवास

एजेन्सी । स्पेनमा युरोपकै सबैभन्दा कडा लकडाउन लागु गरिएको छ । तर, अब त्यहाँ बिस्तारै लकडाउनलाई खुकुलो बनाउन शुरु गरिएको छ । पहिलो चरणमा अहिले देशका चारवटा टापुमा लकडाउनलाई सहज पार्न सुरु गरिएको छ ।

यसमा क्यानेरिजका ला गोमेरा, ला ग्रासिओसा र एल हिएरो र बालेरिक्सको फोर्मेन्टेरामा लकडाउनलाई सहज बनाइनेछ । सरकारले गत हप्ता यसबारे योजना ल्याएको थियो ।

पहिलो चरणमा निम्न गरिनेछः

१. यात्राको प्रतिबन्धलाई थप खकुलो बनाइनेछ

२. व्यवसायमा प्रतिबन्ध घाइनेछ ।

३. निश्चित दुरी कायम गरेर १० जनासम्म भेला हुन पाइनेछ ।

४. अन्तिम संस्कारका लागि १५ जनासम्म भेला हुन पाइनेछ ।

धेरै समय यता यी चार टापुमा नयाँ संक्रमित फेला नपरेका कारण यहाँ चाँडै लकडाउनलाई सहज बनाउन लागिएको देशको स्वास्थ्य आपत्कालका निर्देशक फर्नान्डो सिमोनले आइतबार जानकारी दिएका थिए ।

तर, टापु प्रवेश गर्नेहरुले अनिवार्यरुपमा र्यापीड एन्टीबडी परीक्षण गर्नुपर्नेछ । पहिलो चरणमा स्पेनले टापुमा जाने सबैलाई परीक्षण गरिनेछ । यसमा पोजेटिभ देखिए ती व्यक्तिको पीसीआर परीक्षण गरिनेछ । शुरुमा टापुका वासिन्दा र अत्यावश्यक कामदारलाई मात्र प्रवेशको अनुमति दिइनेछ ।

गत मार्चमा आपत्काल घोषणा गरेपछि स्पेन सात हप्ता लामो राज्यव्यापी लकडाउनमा थियो । स्पेनमा पछिल्लो समय कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या घट्दो छ ।

हालसम्म देशमा २ लाख ४७ हजार बढी संक्रमित फेला परेका छन् भने २५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोतः सीएनएन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार