पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार

उज्यालो प्रतिनिधि १ भाद्र २०८२, आईतवार समाचार
म्याग्दी, जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको हो ।
मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान सकिएपछि शनिबार गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए ।
उपभोक्ताको घरघरमा मिटर जडान भएपछि विद्युतीकरणको काम सकिने जनाउँदै उनले पात्लेखेत र पाखापानीमा एक सय परिवार यसबाट लाभान्वित हुने उल्लेख गरे । चिमखोला, नामीला टोलमा यसअघि केन्द्रीय लाइन पुगिसकेको छ ।
यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । ठेकेदार कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बर्खायामको प्रतिकूल मौसम, सडक तथा यातायात अवरुद्ध भएको अवस्थामा पनि विद्युतीकरणको काम सम्पन्न गरिएको बताए  ।
म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको आयोजना सञ्चालन गर्दै आएको छ ।
उक्त आयोजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, मालिका–२ रुम, मालिका–३ डाडागाउँ, पात्ले, मालिका–४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५०, बुलका ४५ र चिउरीबोटका १३० घरमा विद्युतीकरण भइसकेको सूचना अधिकारी झाले जानकारी दिए ।
धवलागिरि गाउँपालिकाको लुलाङमा विद्युत् लाइन पुगे पनि उपभोक्ताले मिटरबक्स जडान गर्न बाँकी रहेको उनले उल्लेख गरे । “धवलागिरिको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रीय विद्युत् विस्तार भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीयस्थल मोहरेडाँडामा पनि केन्द्रीय विद्युत् सुविधा पुर्‍याउने योजना छ”, उनले भने ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार