भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

उज्यालो प्रतिनिधि १ भाद्र २०८२, आईतवार समाचार

काठमाडौँ, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिस्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनि भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । भारत र नेपालबीच सदैव बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेशसचिव मिस्रीको यो भ्रमणले दुई देशबीच रहिआएको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ,घनिष्ट र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार