फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

उज्यालो प्रतिनिधि ३१ श्रावण २०८२, शुक्रबार समाचार
ताप्लेजुङ, ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ ।
फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार उनकी आमा शान्ता लिम्बू भने सामान्य घाइते भएकी छिन् ।
फुरुम्बूबाट माइतिघर फक्ताङलुङ गाउँपालिकाको तावा जाने क्रममा फुङलिङ र फक्ताङलुङको सीमा भएर बग्ने सिस्ने खोलाको फड्के तर्ने क्रममा आमाछोरी खोलामा खसेका प्रहरीले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार