किसानलाई कोदो रोप्न चटारो

उज्यालो प्रतिनिधि ३१ श्रावण २०८२, शुक्रबार समाचार
भोजपुर, यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रुपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन् । कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौवटै स्थानीय तहमा खेती हुने गरेको छ ।
यस वर्ष समयमा वर्षात् नहुँदा खडेरीका कारण बेँसी क्षेत्रमा कोदो रोप्न केही ढिला भएको किसानले बताएका छन् । वर्षात् भएपछि किसान कोदोखेतीमा जुटेका हुन् । कोदो स्थानीय बजारमा प्रतिकिलो रु ५० देखि रु ६० का दरले बिक्री हुने गरेको छ । रैथाने बालीका रुपमा रहेको कोदोबाली प्रवद्र्धनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीय कृषक रामबहादुर खत्रीले बताए ।
“व्यावसायिक रुपमा कोदोखेती गर्ने चलन त छैन”, उनले भने, “आफूले खानका लागि खेती गर्दै आएका छौँ, गाउँघरमा अहिले कोदोखेतीको चटारो छ, राज्यले कोदोखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।” कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थका साथै विभिन्न मिष्ठान्न परिकार बनाउन प्रयोग गरिन्छ । गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रफलमा खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष पनि सोही हारहारीमा खेती हुने आँकलन रहेको केन्द्रको भनाइ छ ।
श्रमका आधारमा उत्पादन कम हुने भएकाले यसतर्फ कृषकको आकर्षण घट्दै गएको स्थानीय किसानले बताउने गरेका छन् । कोदाको मूल्य स्थिर नहुँदा भने बेचबिखनमा समस्या हुने गरेको किसानको भनाइ छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार